विवाह कहिले गर्ने ? अधिकांश अविवाहित अभिनेत्रीमा बारम्बर सोधिने प्रश्न हो यो । अभिनेत्री शुभेच्छा खड्कालाई पनि यो प्रश्नले हैरान पारेको छ । अव भने आफ्नो जीवनमा यो प्रश्नको ब्रेक लागेको उनको बुझाई रहेको छ । किनभने केही अगाडि उनले प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी छन् । प्रेमी आश्वासनसँग इन्गेजमेन्ट भएपनि उनको विवाहको मिति भने तय भएको छैन । इन्गेजमेन्ट गरेपनि विवाह केही वर्ष नगर्न सक्ने उनले बताइन् । ‘विवाह उचित समय आएपछि हुन्छ’ उनले भनिन् ‘केही महिना अगाडिसम्म इन्गेजमेन्ट होला भनेर पनि सोचेको थिइन । दुबै परिवारको कुरो मिल्यो, भयो ।’सेलिब्रेटीको विवाह सबैको चासोको बिषय बन्ने गरेको छ । उनी भने विवाह पनि इन्गेजमेन्ट जस्तै सरप्राइज दिने सोचमा छिन् । ‘विवाह यो समय गर्ने भनेर प्लानिङ छैन’ उनले भनिन् ‘विवाह अरुको देख्दा भव्य गर्नुभयो भनेर भन्छौ । जब आफ्नो समय आउँछ । त्यो आफ्नै तरिकाले गर्न मन लाग्दो रहेछ ।’ विवाह आफ्नो मनपर्ने मानिससँग झन् धेरै माया बाड्ने समय भएकाले स्पेशल गर्नुपर्ने उनको धारणा रहेको छ ।