कलाकारहरुको प्रेम गाँसिनु र ब्रेकअप हुनु संसारमै नौलो कुरा होइन । नेपाली फिल्म क्षेत्रमा । हरेक हप्ता वा महिनामा कुनै न कुनै कलाकारको प्रेम र ब्रेकअपको खबरले मिडियाका पेज भरिने गरेको हुन्छ ।
अभिनेता सौगात मल्ल र पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठबीचको सात वर्ष लामो सम्बन्धमा दरार आएको छ । सौगातले सहमतिमै आफूहरु अलग हुने बाटो अघि बढेको बताएका छन् । सृष्टि चाहिं आराम गर्न भन्दै यतिबेला लण्डनमा परिवारसँग छिन् ।
सौगात र सृष्टि फिल्म ‘गाजलु’ बाट नजिकिएका थिए । त्यसपछि उनीहरू केही समय लिभिङ टूगेदरमा पनि रहे । फिल्म ‘राधा’ रिलिजको समयमा बिहे गर्ने बताएका यो जोडीको सम्बन्धले अहिले नयाँ मोड लिएको छ ।
एकअर्कालाई ‘डेट’ गर्न थालेदेखि उनीहरुले कहिल्यै प्रेम सम्बन्ध लुकाएनन् । सार्वजनिक कार्यक्रममा समेत प्रायः एकसाथ नै पुग्थे । उनीहरुले केही फिल्म पनि एकसाथ गरे । उनीहरुले एकअर्कालाई गर्ने प्रेम र केयरले धेरैको मन लोभ्याउँने गर्थ्यो ।
‘काममा फोकस हुनुपर्ने समयमा हामी एकापसमा धेरै इन्गेज भयौं । हाम्रो कुरै भएको हो,’ सौगातले भने, ‘मलाई यसमा अहिले हतार छैन, हेर्दाखेरि उसलाई पनि हतार देखिएन । काममा फोकस गरौं भन्ने हो ।’ केही महिनाअघि उनीहरुले यसै वर्ष विवाह गर्ने तयारी समेत भइरहेको बताएका थिए ।ब्रेकअप‘बारे सौगातले यसरी बताए।
हाम्रो कुरै भएको हो । हामी काम गर्ने समयमा र केही गर्नुपर्ने समयमा एकापसमै धेरै इन्गेज भयौं । अहिलेको समयमा गर्नुपर्ने कामलाई अघि राखेर अघि बढ्ने सोचेको छु । मलाई अहिले नै हतार छैन यसमा । हेर्दाखेरि उसलाई पनि हतार देखिएन । काममा फोकस गरौं भन्ने हो ।आगामी दिनमा म फिल्ममा पनि एकदमै व्यस्त हुनेछु । ऊ पनि पढिराख्या छ र काम गरिराख्या छ । एकठाउँमै बस्नुपर्ने । बाहिर कहीं ढुक्कसाथ जान सकियोसन । सँगै बसेपछि कामको लागि बाधा आउने भयो । काम राम्रोसँग गरौं भन्ने कुरा भएकाले यस्तो सोचेको हो । यो चाहिं काम गर्ने समय जस्तो लाग्यो ।
बिहेको कुरा त पहिले पनि थिएन खासमा । मिडिया र सबैको प्रेसरले विवाहको कुरा आएको हो । गर कि गर भनेर मिडियाले सोध्दा भोलि गर्ने, पर्सि गर्ने कुरा भएको हो । अरुले प्रेसर दिएर लिने होइन । यसकारण ढुक्कसँग काममा फोकस भएर अघि बढ्ने सोच छ ।
सृष्टिले इन्स्टाग्रामबाट सौगातसँगका सबै तस्वीर हटाएपछि यी दुईबीचको सम्बन्धमा खटपट आएको अनुमान गरिएको थियो । तर फेसबुकबाट सृष्टिले तस्वीर हटाएकी छैनन् । कामको कुरा गर्दा सौगात यतिबेला ‘पशुपतिप्रसाद २ : भष्मे डन’मा व्यस्त छन् भने सृष्टि तत्काल कुनै पनि फिल्ममा आबद्ध छैनन् ।