मध्य नेपाल

प्रिमियर शोमा 'प्रेमा' लाई सकारात्मक प्रतिक्रिया

यही शुक्रबारबाट प्रदर्शन हुन लागेको गोविन्द सिंह भण्डारीद्वारा निर्देशित प्रेमकथानक फिल्म ‘प्रेमा’ले प्रिमियरमा सुखद प्रतिक्रिया पाएको छ । बुधबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा उपस्थिति भएका अतिथिहरुले कलाकारको अभिनय, कथावस्तु, निर्देशकीय पक्ष र छायांकनको प्रशंसामा शब्द खर्चिए ।फिल्म ‘महापुरुष’की अभिनेत्री अञ्जना बराइलीले आफूलाई फिल्म मन परेको प्रतिक्रिया दिइन् । सबै कलाकारको अभिनय राम्रो लागेको बताउँदै उनले ‘प्रेमा’को कथा र प्रस्तुतिकरण फरक लागेको बताइन् । त्यस्तै, अर्की अभिनेत्री सन्ध्या केसीले फिल्मले दर्शकलाई दुई घन्टा बाँधेर राख्ने विश्वास दिलाइन् । उनले सबै कलाकारको अभिनय एकदमै राम्रो रहेको भन्दै प्रशंसा पनि गरिन् ।प्रिमियरमा मिलेको प्रतिक्रियाबाट खुसी देखिएका निर्देशक गोविन्द सिंह भण्डारीले फिल्म हेरिरहँदा जो कोहीले पात्रसँग आफूलाई पाउने दाबी गरे ।


 निर्माता विवेक घिमिरेले प्रिमियरमा प्राप्त प्रतिक्रियाले आफ्नो लगानी खेर नजानेमा आशावादी रहेको बताए । ‘स्क्रिप्ट पढ्दाखेरि नै लगानी गर्न मन लागेको थियो । प्रिमियरको प्रतिक्रियाले मेरो लगानी खेर नजानेमा आशावादी छु’, उनले भनेका छन । 



TOP