Trending
नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ नयाँ वर्षको कात्तिक ३ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मिति पनि घोषणा गरेको हो । यस अगाडि गत फागुन ५ गते आउने भनिएको फिल्म यो मितिमा प्रदर्शन हुन सकेन । फिल्मको प्राविधिक नसकिएको जनाउँदै निर्माण युनिटले रिलिज सारेको थियो । फिल्मको केही दृश्य अझै खिच्नुपर्ने छ । प्राविधिक कार्य पनि राम्रोसँग सकाउने उदेश्यले फिल्म कात्तिकमा पुर्याइएको निर्देशक रायमाझीले बताए ।‘परदेशी– २’ सन् २०१५ मा प्रदर्शनमा आएको फिल्म ‘परदेशी’ को सिक्वेल हो । फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सबिन बास्तोला, रमा थपलिया, भिमा मैनाली, रोशनी कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।