अभिनेता पल शाह फिल्ममा फर्कने तयारी गरिरहेका छन् । कुनै फिल्ममा साइन नगरेपनि दैनिक एक फिल्मको अफर आइरहेको छ । तर ठ्याक्कै कुन फिल्मबाट पुनरागमन गर्ने भन्ने टुंगोमा उनी पुगेका छैनन् ।यद्यपि, पुष्पन प्रधानद्वारा संगीतबद्ध ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनमार्फत उनले म्युजिक भिडियोमा कमब्याक गर्ने पक्का भएको छ ।पलले फिल्म र संगीत करिअरलाई नयाँ ढंगबाट अघि बढाउन खोजिरहेको देखिन्छ । सोहीअनुसार उनले फिल्म गर्दा पारिश्रमिक मात्र नभएर सेयर पनि लिने सर्तमा फिल्म खेल्ने तयारी गरेका छन् । ‘पारिश्रमिक मात्र होइन, सेयर नै लिएर फिल्म गर्ने कुरा छ । एउटा म्युजिक भिडियो गरेबापत २ देखि ३ लाखसम्म पारिश्रमिक लिने डिमान्ड पलले गरेको खबर हालै सार्वजनिक भएको थियो । ‘अवश्य पनि उहाँले २ देखि ३ लाख पारिश्रमिक लिने कुरा टिममा चलेको हो । सुरुमै गर्नुपर्यो भनेर ५ लाखसम्म दिन्छु भनेर पनि आएका छन् । तर विचार गरेर मात्र काम गर्ने कुरा छ,’ स्रोतले भन्यो ।
पलको पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’ हो ।