मध्य नेपाल

‘प्रसाद २’को गीत ‘मार्सी धान’मा विपिन, केकी, आश्मा र सरोजको छमछमी

राजनराज सिवाकोटीको शब्द तथा संगीतमा फिल्म ‘प्रसाद २’को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक भएको छ । राजनराज र मिलन नेवारको स्वर समावेश गीत रोमान्टिक र डान्सिङ नम्बर लाग्छ । युट्युबमा करोडौं भ्युज प्राप्त गर्न सफल गीत पस्किएका सिवाकोटीले यसमा पनि आफ्नै शैलीको लय बुनेका छन्।  गीतमा म्युजिक भिडियोको चर्चित जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीलाई देख्न सकिन्छ । शीर्ष कलाकारहरु विपिन कार्की र केकी अधिकारी पनि गीतमा फिचर्ड छन् । यी चारैजना कलाकार गीतमा छमछमी नाचेका छन् । यो फिल्म चैत २४ गते रिलिज हुँदैछ ।


TOP