Trending
बलिउड अभिनेत्री आलिया भट्टलाई पुत्री लाभ भएको छ । आलिया भट्ट र रणबीर कपुरले एच.एन रिलायन्स अस्पतालमा आज छोरीलाई जन्म दिएका छन् । जुम टिभी इन्टरटेन्मेन्टले यसबारे जानकारी दिएको छ । गत वैशाखमा विवाह बन्धनमा बाँधिएका आलिया र रणवीरले पहिलो सन्तानलाई स्वागत गरेपछि चौतर्फी बधाई मिलिरहेको छ ।
आलिया आज बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् । आलियाका बुवा निर्देशक महेश भट्टले आफू हजुरबुबा बनेपछि नयाँ सूर्योदय भएको टिप्पणी गरेका छन् । विवाहको केही महिनामै आलिया र रणवीरले आफूहरुले सन्तानलाई स्वागत गर्न लागिरहेको घोषणा गरेका थिए ।