सस्पेन्स थ्रीलर जनराको मल्टिस्टारर फिल्म ‘लाखे’ को जापान राइट बिक्री गरिएको छ । जापान निवासी युवा ब्यवसायी तथा समाजसेवी जेबी गुरुङले महंगो मूल्यमा आफ्नो फिल्मको जापान प्रदर्शन अधिकार लिएको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बताएका छन् । कात्तिक ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्मको प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी (जिएम) हुन् भने निर्मातामा सिजन अर्याल र डीपी भण्डारी रहेका छन् । सुशन प्रजापतिले खिचेको फिल्मको गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत रहेको छ । औरियन प्रोडक्सन र ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरको ब्यानरमा फिल्म निर्माण भएको हो ।
सौगात मल्ल र बर्षा राउत पहिलो पटक सँगै यो फिल्ममा देखिने भएका छन् । निर्देशक सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना र बालकलाकार सिस्टम भण्डारी आदीको मुख्य भूमिकामा छ।