मध्य नेपाल

फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक

सन्तोष पन्तको फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४४ सेकेन्डको ट्रेलरमा पुस्तान्तर र विदेशिने सपनाले परिवार, विवाह र सम्बन्धमा पारेको असरको कथा समेटिएको छ । पहिले नेपाल टेलिभिजनको चर्चित हास्यश्रृंखलाकै शीर्षक, निर्माता र कलाकारलाई लिएर बनाइएको फिल्मलाई साकार पन्तले निर्देशन गरेका हुन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको छ । 

सन्तोषसहित फिल्ममा रमा थपलियाको प्रमुख भूमिका छ । साथै केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, रीमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की लगायतको अभिनय रहेको छ । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘हिजोआजका कुरा’लाई निर्माता समेत रहेका सन्तोष पन्तले कथा लेखेका हुन् । 

 


TOP