मध्य नेपाल

‘प्रेमगीत ३’ का विषयमा ‘कपिल शर्मा शो’मा जाँदै मनीषा र गोविन्दा

चर्चित बलिउड कलाकार मनिषा कोइराला र गोविन्दालाई लिएर नेपाली फिल्म ‘प्रेमगीत ३’लाई ‘कपिल शर्मा शो’मा लैजाने तयारी भएको छ । उक्त चर्चित भारतीय शोमा ‘प्रेमगीत’को तर्फबाट सहभागी हुन गरिएको प्रस्तावमा मनिषा र गोविन्दाले सहमति दिएको निर्माता सन्तोष सेनले जानकारी दिएका छन् । शो मा सहभागिताका लागि भारतीय निर्माताले सञ्चालक कपिल शर्मालाई आग्रह गरेका थिए। कपिलले आफ्नो शो मा ‘प्रेमगीत ३’लाई लैजाने नलैजाने भन्ने निर्णय भने दिइसकेका छैनन्। सेनले भने, ‘उहाँले सेड्युल मिलाएर निधो दिन्छौं भन्नुभएको छ। यदि सुटिङ भयो भने सेप्टेम्बर १५ तिर हुन्छ।’

सेनसहित ‘प्रेमगीत ३’ टिमले मुम्बईस्थित मनीषा निवासमा यसबारे छलफल गरेका थिए। मनीषाले सामाजिक सञ्जालमार्फत यो फिल्मको प्रमोसन गरिरहेकी छन्। प्रदीप खड्का स्टार ‘प्रेमगीत ३’ आगामी असोज ७ गतेबाट नेपाल र भारतका हलमा एक साथ प्रदर्शनमा आउँदै छ। याे फिल्म नेपालमा नेपाली भाषामा र भारतमा हिन्दी भाषामा रिलिज हुनेछ।  


TOP