नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशले २४ जना फेन्सिङ खेलाडी छनोट गरेको छ । काठमाडौं फेन्सिङ एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट पुरुष र महिलातर्फ समान १२ गरि कुल २४ खेलाडी छनोट गरिएको संघका महासचिव सुजनलाल श्रेष्ठले बताएका छन् । पुरुष फोयल ईभेन्टमा सञ्जीप लामा, नारायण गौतम, पुरुषोत्तम खत्री, आर्यन कार्की रहेका छन् । इपीमा ओमकार सिंह, भिष्मराज दाहाल, राहुल दर्शन र गगन राई तथा सावर ईभेन्ट्समा पायष योञ्जन, सोयबमान श्रेष्ठ, अमिर रायमाझी र साश्वत परियार छनोट भएको संघले जनाएको छ ।
यस्तै, महिलाको फोयलतर्फ सुजाता कुँवर, गोमा आचार्य, संगीता लम्साल र अश्मिता घिसिङ छनोट भएका छन् ।
इपीमा उषा खड्का, अलिषा अधिकारी, करुणा खड्का र पेमा योञ्जन तथा सावरमा शिक्षा नापित, सोफिया चन्द, विनिता कार्की र आकी प्रजापती छनोट भए ।छनोट भएका खेलाडीलाई बागमती प्रदेश युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बागमती प्रदेश सदस्य सचिव सूर्यलाल भण्डारी, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठ, महासचिव सुजनलाल श्रेष्ठलगायतको उपस्थिति थियो । नवौं राष्ट्रिय खेलकुद २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशमा हुँदैछ ।