मध्य नेपाल

आईफोन १४ ले फोरजी र फाइभजी नेटवर्क नभएका स्थानमा स्याटलाइटमार्फत काम गर्ने

एप्पलले आउँदो सेप्टेम्बर ७ तारिखमा आईफोन १४ सिरिजका स्मार्टफोन सार्वजनिक गर्दैछ । फोन सार्वजनिक हुने मिति तय भएपनि आईफोन १४ मा उपलब्ध हुने फिचरबारे कम्पनीले कुनै आधिकारिक जानकारी दिएको छैन् । यस्तोमा फोनमा उपलब्ध हुने विभिन्न फिचरबारे अनुमान गर्ने क्रम चलिरहेको छ । यसैबीच नयाँ आईफोनले स्याटलाइट नेटवर्कसमेत सर्पोट गर्ने जानकारी बाहिरिएको छ । यसको अर्थ फोरजी, फाइभजी जस्ता सेलुलर नेटवर्कले काम नगर्ने स्थानमा स्याटलाइट नेटवर्कले काम गर्नेछ । 

यसले नेपाल जस्तो भौगोलिक रुपमा विकट देशहरूमा गाउँ-गाउँसम्म फोन तथा इन्टरनेट सेवा सहजै उपलब्ध हुनेछ । त्यो भन्दा यो फिचर प्राकृतिक विपत्‌को समयमा सबैभन्दा बढी प्रभावकारी हुने अनुमान गरिएको छ । प्राकृतिक विपतले दूरसञ्चार पूर्वाधारमा क्षति पुग्दा स्याटलाइट कनेक्सनमार्फत सम्पर्क स्थापित गर्न सकिन्छ । साथै कतै घुम्न गएको अवस्थामा हराउँदा अथवा नेटवर्क नभएर हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न यो फिचर निकै फलदायी हुने अनुमान गरिएको छ । अघिल्लो सातामात्रै एलन मस्कको कम्पनी स्पेसएक्सले मोबाइल स्याटलाइट इन्टरनेट सेवाको सुरुवात गरेको थियो । त्यो हुँदा सोही स्याटलाइट मार्फत पनि आईफोनले काम गर्न सक्ने अनुमान गरिएको छ ।  


TOP