मध्य नेपाल

४७ बर्ष लागिन दिपा श्री निरौला , दीपक-दीपा सहकार्यको ३० वर्ष

हाँस्यकलाकार दिपा श्री निरौलाले आज आफ्नो ४७ औं जन्मदिन मनाएकी छिन् । अनामनगर स्थित रेडियो अडियोमा एक कार्यक्रम गरेर उनको जन्म दिन मनाइएको छ । कार्यक्रममा मदन कृष्ण आचार्य देखी जितु नेपाल सम्मको उपस्थिती थियो ,साथै उनका बुवा पनि उपस्थित हुनुहुन्थ्यो । वि.स २०३२ साल भदौ ७ गते विराटनगरको कोशी अञ्चल अस्पतालमा माता गीतदेवीको कोखबाट जन्मिएकी दिपा श्री आजसम्म आउँदा नेपाली फिल्मीक्षेत्रमा एक किसिमको आफ्नो छुट्टै पहिचान बनाईसकेकी छिन् । दिपाश्री निरौला नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको तितो सत्य आएपछि अझ लोकिप्रिय बन्दै आएकि हुन् । दिपाश्रीले वि.स. २०४२ सालदेखि रंगमञ्चबाट आफ्नो रंगीन जीवन सुरु गरेकी हुन् । रंगमञ्चको दुनियामा हाँस्य कलाकार दिपकराज गिरीसँगको जोडिको रुपमा काम गर्दै आएकी दिपालाई अहिले पनि कत्तिले रियल जोडि भन्ने गर्दछन् । दिपक र दिपा धनिया र रामबिलाशको क्यारेक्टरबाट चर्चामा आएका थिए । अहिले सम्म आउँदा यो जोडि फिल्म धेरै फिल्म निर्माण गरिसकेका छन् ।

त्यस्तै कलाकार दीपकराज गिरीले दीपाश्री निरौलाको जन्मदिन आफ्नै जन्मदिन जस्तो लाग्ने गरेको बताएका छन् । आज चलचित्र निर्देशकसमेत रहेकी निरौलालाई जन्मदिनको शुभकामना दिँदै गिरीले यस्तो बताएका हुन् । दीपासँगको सहकार्यको ३० वर्षा पुगेको स्मरण गर्दै दीपकले उनीसँगको सहकार्यले नै आफू दर्शकमाझ चर्चित बनेको बताएका छन् । उनले टेलिभिजनको सानो पर्दादेखि सिनेमासम्म दीपाको साथले यात्रा सहज भएको पनि दीपकले स्मरण गरेका छन् । त्यस्तै कार्यक्रममा उपस्थित सबैले उनलाई जन्म दिनको शुभकामना दिएर केक काटियो ।    



TOP