आज भोलिको खानपान गतिलो नहुने अनि मानिसलाई चुरोट र खैनीको लत पनि लाग्नाले दाँतमा धेरै समस्या हुने गरेका छन् । दाँतको उपचार महंगो पनि पर्छ । तर हामी यहाँ केही घरेलु उपाय बताउँदैछौं । यिनको प्रयोग गर्नुभयो भने अनावश्यक खर्च नगरिकनै तपाईंको दाँतका रोग निको हुन्छन् ।
१ -दाँत दुखाइ ठीक पार्न ल्वाङको तेल अत्यन्तै प्रभावकारी हुन्छ । ल्वाङको तेलका दुईतीन थोपा एउटा कपासको डल्लोमा भिजाउनुस् । अनि त्यसमा एक चौथाइ चम्चा जैतूनको तेल मिसाउनुस् । त्यसपछि दुखेको दाँतमा यो राखेर मुख बन्द गर्नुस् । यसले दुखाइ कम गर्छ ।
२ -खोकी लाग्दा खाने गोलीहरूले पनि दाँतको दुखाइ ठीक पार्छन् । यस्ता गोली चुस्नुस् । गोली नचबाउनुहोला है ।
३ -दाँत सफा गर्नका लागि ब्रश गर्ने, फ्लस गर्ने वा माउथवाशले कुल्ला गर्ने सबै थोक गर्नुस् । कहिलेकाहीँ दाँतमा अड्केको खानेकुराका कारण दाँत दुख्छ ।
४ -काँक्रो टुक्रा पारेर दाँतमा राख्दा पनि दुखेको ठाउँमा राहत पुग्छ ।
५ -दाँत दुखेको ठाउँमा तातो टिब्याग राख्दा पनि राम्रो हुन्छ । टिब्यागमा भएको ट्यान्निक एसिडले गिजा फुल्नबाट रोक्छ ।
६ -अदुवाको बोक्रा ताछ्नुस् र यसलाई टुक्रा टुक्रा बनाउनुस् । त्यसपछि दुखेको दाँतनेर लगेर मजाले चपाउनुस् । बिस्तारै दुखाइ कम हुँदै जान्छ ।