मध्य नेपाल

नेपाली बजारमा साओमी १२ सिरिजको सस्तो फोन आउँदै

नेपाली बजारमा दिन दिनै प्राय नयाँ फोन आउने गरेका छन् । त्यस्तै साओमी १२ लाइट पनि छिट्टै नै सार्वजनिक हुने भएको छ । कम्पनीले यो अल्ट्रा स्लिम फाइभजी स्मार्टफोन चाँडै नेपाली उपभाेक्ताका लागि उपलब्ध गराउने तयारी गरेकाे हाे । सा‌ओमी १२ सिरिज अन्तर्गतको चौंथौ मोडलका रूपमा रहेकाे साओमी १२ लाइट यसअघिका लाइट मोडलजस्तै पातलो र हलुका हुनेछ । 

साथै यसले मिडरेन्ज प्रोसेसर प्रयोग गर्नेछ भने मूल्य पनि साओमी १२ सिरिजका अन्य मोडलमध्ये निकै सस्तो हुने बताइएकाे छ । यसमा ६७ वाटको टर्बो चार्जिङ प्रणाली प्रयोग गरिएकाे छ ।   


TOP