मध्य नेपाल

अरू स्मार्टफोनको बिक्री घटेपछी बढ्यो आईफोनको माग

विश्व बजारमा स्मार्टफोनको बिक्री अहिले घटेको छ । अहिले हेर्ने हो भने मोबाइल तथा अन्य उपकरणको तथ्याङ्क संकलन गर्ने अन्तर्राष्ट्रिय संस्था क्यानालिसले केही दिनअघि सार्वजनिक गरेकाे एक प्रतिवेदनअनुसार सन् २०२२ को दोस्रो त्रैमासमा स्मार्टफोनको बिक्री अघिल्लो वर्षको तुलनमा ९ प्रतिशतले घटेको हाे । बढ्दाे आर्थिक मन्दीकाे असर मोबाइल बजारमा पनि देखिएकाे छ । अन्य ब्राण्डका स्मार्टफोनकाे बजार खस्किए पनि आईफोन १३ को माग भने सबैभन्दा धेरै रहेको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनअनुसार १७ प्रतिशत हिस्साका साथ आईफोन विश्व बजारकाे दाेस्राे स्थानमा रहेको छ । सूचीको पहिलो नम्बरमा रहेकाे सामसङकाे २१ प्रतिशत बजार हिस्सा छ । अघिल्लो वर्षको सोही अवधिमा सामङको बजार हिस्सा १८ प्रतिशत थियो ।



 


TOP