मध्य नेपाल

सुनको मूल्यमा बिहीबार पनि भारी गिरावट

सुनको मूल्यमा दोस्रो दिन पनि उच्च गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९४ हजार एक सय र चाँदीको मूल्य ११ सय ८५ रुपैयाँ तोकिएको छ । 

हिजो सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको महासंघले जनाएको छ । हिजो  ९६ हजार रुपैयाँमा छापावल र ९५ हजार ५ सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । 


TOP