मध्य नेपाल

अनमोल के.सीले साइन गरे नयाँ फिल्म ‘जेरी २’मा

चलचित्र ‘जेरी २’ निर्माण हुने भएको छ। ८ वर्षअघि प्रदर्शनमा आएको अनमोल केसी र आना शर्मा अभिनित रोमान्टिक चलचित्र ‘जेरी’लाई युवापुस्ताका दर्शकले निकै रुचाएका थिए। चलचित्रमा दोस्रो श्रृङ्खलाका लागि पनि अभिनेता अनमोल केसी अनुबन्धित भएका छन्। आइतबार निर्माता र अनमोलबीच लिखित सहमति भएको हो। ‘जेरी २’लाई ‘जेरी’कै निर्देशक हेमराज बीसीले निर्देशन गर्नेछन्। चलचित्रको निर्मातामा भने सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठ छन्। 

फिल्मलाई नेपालसहित अमेरिका र अस्ट्रेलियामा छायांकन गर्ने तयारी छ । यसअघि फिल्मको नायिकामा आना शर्मा थिइन् । चलचित्र कहिलेदेखि छायाँकनमा जाने र अभिनेत्रीलगायत अन्य कलाकारहरू को–को रहने भन्नेबारे भने तय भइसकेको छैन। अनमोलले हालै ‘छड्के २’ र पूजा शर्माको नयाँ चलचित्र लगायतमा काम गर्ने सम्झौता गरिसकेका छन्। 


 


 



TOP