मध्य नेपाल

नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘बीए फाइभ’ भेटिएको पुष्टि

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘बीए फाइभ’ भेटिएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनको नयाँ प्रजाति बीए फाइभ भेटिएको हो ।अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नयाँ भेरियन्ट भेटिएको पत्र पठाएको छ । धुलिखेल अस्पतालले संकलन गरेको स्याम्पलको जिन सिक्वेन्सिङ गरेको थियो । अस्पतालका अनुसार नयाँ भेरियन्ट देखिएको संक्रमित कहाँको हो भनेर पहिचान भइसकेको छैन । बीए फाइभ भेरियन्ट छिटो फैलने क्षमतायुक्त भएको विज्ञहरू बताउँछन् । 

सीमा नाकाबाट नागरिक नेपाल प्रवेश गर्ने भएकाले नयाँ भेरियन्टको जोखिम भएको सरकारी अधिकारीहरू बताउँछन् । ‘सीमा नाकामा दैनिम १०–१२ वटा केस देखिएको छ । संक्रमितको संख्या पछिल्लो दिनमा बढिरहेको छ,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दासले भने ।


  


TOP