मध्य नेपाल

ट्रेलरमा यस्तो देखियो फिल्म ‘दोख’

अनुप बरालको निर्देशनमा तयार भएको फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट २४ सेकेन्ड लम्बाईको ट्रेलरमा सामुदायिक वनमा आफ्नो हक जमाउन दुई गाउँबीच भएको फुटबल प्रतियोगिता र माओवादी सशक्त युद्धको परिवेशलाई प्रस्तुत गरिएको छ । फिल्मप्रति उत्सुकता पैदा गर्न ट्रेलर सफल देखिन्छ । 

राजन कठेतले लेखेको कथामा निर्माण भएको फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगरलगायतको अभिनय छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा छन् । फिल्म असार २४ गतेबाट प्रदर्शनमा आउँदैछ । सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल र युबराज भट्टराई एसोसियट निर्माता रहेको फिल्ममा शैलेन्द्र डि. कार्कीको छायांकन, संगम पुष्पाको ब्याकग्राउन्ड स्कोर, उत्तम न्यौपानेको साइन्ड डिजाइन, अष्ट महर्जनको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन र राजन कठेतको कथा छ । फिल्म ‘फिटकिरी’पछि अनुप बरालले ‘दोख’बाट निर्देशनमा कमब्याक गरेका हुन् ।