मध्य नेपाल

बलिउड नायीका आलिया भट्ट गर्भवती

आलियाले इन्स्टामा यसबारे जानकारी दिएकी हुन् । आलियाले आफ्नो पोस्टमा उनको सन्तानको छिट्टै आगमन हुने पनि बताएकी छिन् । यसै वर्ष १४ अप्रिलमा रणबीर र आलिया भट्टले विवाह गरेका थिए । आलियाको प्रेग्नेन्सी पोस्टमा उनकी आमा सोनी राजदान र आमाजु रिद्धिमाको पनि प्रतिक्रिया आएको छ । रिद्धिमाले हार्टको इमोजी बनाएकी छिन् भने उनकी आमा सोनी राजदानले लेखेकी छिन्, ‘बधाई मामा एन्ड पापा लायन । ’

आलियाले इनस्टामा दुईवटा तस्बिर सेयर गरेकी छिन् । पहिलो फोटोमा उनी अस्पतालको बेडमा सुतिरहेकी छिन् र उनको सोनोग्राफी भइरहेको छ । कम्प्युटर स्क्रिनलाई ब्लर गरेर त्यसमा हार्ट इमोजी बनाइएको छ । 


 

   


TOP