नेपाली बजारमा नयाँ स्मार्टफाेन ‘भिभाे वाई५५’ सार्वजनिक भएकाे छ । प्रिमियम डिजाइन, उत्कृष्ट प्रविधि र क्यामेरासहित याे फाेन नेपाली उपभाेक्तामाझ भित्र्याएकाे भिभाेले जनाएकाे छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ । ८ जीबी र्याम दिइएकाे फाेनमा प्रयाेगकर्ताले भर्चुअल माध्यमबाट ४ जीबी र्याम थप गर्न सक्छन् । यो फोनमा ४४ वाट फ्ल्याश चार्जिङ सिस्टम उपलब्ध गराइएकाे छ । फोनमा उच्चस्तरीय फोटोग्राफी र भिडियोग्राफीका लागि ‘वाई५५’ मा ५० मेगापिक्सेलको एचडी रियर क्यामेरा रहेको छ । १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको फोनमार्फत भिभोको एडभान्स पोट्र्रेट अल्गोरिदमद्वारा आकर्षक सेल्फी खिच्न सकिने जनाइएको छ ।
त्यस्तै फोनमा ८ जीबी र्याम (जसमा ४ जीबी भर्चुअल र्याम थप्न सकिने) र १२८ जीबी रोम रहेको छ । यसलाई एसडी कार्डको मद्दतले १ टिबीसम्म बढाउन सकिने जनाइएको छ । एन्ड्रोइड १२ मा आधारित फोनमा क्वालकम स्न्यापड्रयागन ६८० प्रोसेसर रहेको छ । ६.४४ इन्च एफएचडी प्लस एमोलेड डिस्प्ले युक्त फोनमा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ सुविधा छ । फोनमा ५००० एमएएच क्षमताको ब्याट्री र ४४ वाट फ्ल्याश चार्ज सिस्टम रहेको छ । यो फोन नेपाली बजारमा मिडनाइट ग्यालेक्सी र आइस डन कलर गरी दुई फरक भेरियन्टमा उपलब्ध भएको छ, जसको बजार मूल्य ३३ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।