मध्य नेपाल

र्‍याप ब्याटल शो 'ब्याटल भुमी'को औपचारिक घोषणा

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ चलिरहेको छ। यो शो को राम्रो क्रेज देखिएको छ। र्‍याप गायनको पहिलो रियालिटी शोले राम्रो चर्चा कमाएपछि सोही टिमले नयाँ शोको घोषणा गरेकाे छ। र्‍याप ब्याटलको नयाँ संस्करण ‘ब्याटल भूमि’ को घोषणा भएको हो।  ब्याटल भूमि’मा भाग लिनका लागि डिजिटल अडिसन सुरु भइसकको छ। अडिसन २ जुलाईसम्म खुल्ला रहने छ। 

सहभागीता जनाउन चाहनेले नेपाल र्‍यापको वेबसाइट www.nepalrap.com ​ मा गएर डिजिटल अडिसन दिन सक्ने आयोजकले जनाएको छ। डिजिटल अडिसनका लागी सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्ने छ। सुदिप पोख्रेल र  रोशन श्रेष्ठ कार्यकारी निर्माता रहेको उक्त कार्यक्रम निकेश खड्काले निर्देशन गर्नेछन्। ‘ब्याटल भूमि’मा जजको रूपमा मानस घले र कवि जी रहने छन्। अर्का एक जजसँग भने कुराकानी भइरहेको बताइएको छ। यस्तै कार्यक्रमको होस्टका रूपमा कोइन्च जी रहने छन्। ‘‘ब्याटल भूमि’’का विजेताले ५ लाख नगद पुरस्कारका साथमा वल्र्ड टुरको अवसर पाउने छन्। 

  


TOP