मध्य नेपाल

अक्षयकुमारको ‘रक्षाबन्धन’को ट्रेलर : बहिनीको बिहे नगरेसम्म अविवाहित बस्ने पात्रको कथा

अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’को ट्रेलर सार्वजनिक भएको छ । आनन्द एल राय निर्देशित फिल्ममा भूमि पेड्नेकर, सादिया खातिब, साहिजमान कौर, दीपिका खन्ना र स्मृति श्रीकान्तको समेत मुख्य भूमिका छ । ट्रेलरमा अक्षयलाई मर्यादा पुरुषोत्तम रामको विशेषतासहित प्रस्तुत गरिएको छ, जहाँ चार जना बहिनीको विवाह गर्न मुख्य पात्र मिर्गौला बेच्न समेत तयार हुन्छ । बहिनीहरुको बिहे गरेपछि बाल्यकालदेखिकी प्रेमिका भूमिलाई बिहे गर्ने उसको लक्ष्य हुन्छ । 

निर्देशक रायकै लेखन रहेको फिल्ममा पछिल्लो भारतीय समाजको विवाह मान्यतालाई पनि चित्रण गरिएको छ । बच्चन पाण्डे र सम्राट पृथ्वीराजजस्ता ठूला फिल्म फ्लप भएपछि अक्षयको नयाँ फिल्म प्रदर्शन हुन लागेको हो । अक्षयले आफ्नो सामाजिक सञ्जालको ह्यान्डलबाट ट्रेलर सेयर गरेका छन् । यो फिल्म आगामी अगस्ट ११ गते प्रदर्शन हुँदैछ । यो फिल्म आमिर खानको ‘लाल सिंह चड्डा’सँगै प्रदर्शन हुँदैछ ।


    


TOP