Trending
मलेसियामा जारी एसीसी महिला टि–२० च्याम्पियनसिप अन्तर्गत नेपालले आज हङकङसँग प्रतिष्पर्धा गर्दैछ । चौथो खेलमा मंगलबार किनरारा ओभलमा नेपालले हङकङको सामना गर्न लागेको हो । नेपाल र हङकङबीचको खेल दिउँसो १२ बजेबाट सुरु हुनेछ ।
नेपाल हङकङलाई हराएर लगातार चौथो जित निकालेर समूह विजेता बन्ने दाउमा छ । समूह बीमा रहेको नेपाल ३ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ । २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यसअघि नेपालले भुटानलाई ५०, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो ।