मध्य नेपाल

आज अन्तर्राष्ट्रिय योग दिवस: विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । शारीरिक र मानसिक स्वास्थ्यका लागि योग अपरिहार्य रहेको मानिन्छ । योगले डर चिन्ता, उदासिनतासँग लड्न र मानसिक रुपमा समेत स्वस्थ्य रहन सहयोग गर्ने योग तथा प्राकृतिक चिकित्सकहरु बताउँछन् । 

योगले मानसिक तनाव कम गर्न, रक्तचाप, मधुमेहजस्ता रोग नियन्त्रण गर्न तथा शरीरमा पोषक तत्त्व पुर्याउन र टक्सिन हटाउन पनि सहयोग गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार योगले स्ट्रेचिङ र श्वासको माध्यमबाट शरीरको विशाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ भने शरीरमा रक्तसञ्चार सन्तुलनमा राख्दछ । जोर्नी, हड्डी तथा मांसपेशीलाई लचिलो एवं मजबुत बनाउन र मस्तिष्कलाई शान्त राख्न पनि योगको भूमिका रहन्छ ।


  


TOP