मध्य नेपाल

सेयर बजारमा निरन्तर गिरावट, ४९.३१ अंकले घट्यो

आज  नेप्से परिसूचक ४९.३१ अंक घटेको छ भने सेन्सेटिभ इण्डेक्स ७.६६ अंक, फ्लोट इण्डेक्स ३.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४८ अंक घटेको छ। नेप्से ओरालो लागेपनि आज कारोबार रकम भने बढेको छ। आज २३० स्टकको ३६ हजार ४६४ पटकको कारोबारमा १ अर्ब ७५ करोड ६ लाख रुपैयाँ बराबरको ६१ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आज आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

कारोबार रकमका आधारमा आज प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको आज ११ करोड ८३ लाख २० हजार रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ । कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक आज ओरालो लागेको छ । 


TOP