मध्य नेपाल

२०० रुपैयाँ बढ्यो सुनको मूल्य

आज सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएको छ । छापावाल सुनको मूल्य तोलामा ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुन तोलामा ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । 

हिजो छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार ५ सय र तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको प्रति तोला मूल्य १ हजार २६५ रुपैयाँ कायम छ । 


TOP