मध्य नेपाल

म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन :अब्दुल्लाह अल्मुताइरी

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो स्वास्थ्य अवस्था ठिक भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गोर्खाली भएको कारण केही नुहने भन्दै समर्थकहरुलाई चिन्ता नलिन आग्रह गरेका छन् । ‘म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन,’ अल्मुताइरीले फेसबुकमा लेखेका छन् । 

अल्मुताइरी शनिबार राति एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेलमा मैदानमै ढलेका थिए । नेपालले ४८औँ मिनेटमा दोस्रो गोल खाएको थियो । त्यसलगत्तै मुख्य प्रशिक्षक अल्मुताइरी मैदानमा अचेत भएका थिए । प्राथमिक उपचारपछि उनलाई अक्सिजन दिएर अस्पताल लगिएको थियो । उनी अहिले अस्पतालबाट डिस्चार्च भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।  


TOP