मध्य नेपाल

एसियन कप छनोटमा आज नेपालले जोर्डनको सामना गर्दै

एसियन कप छनोट खेलअन्तर्गत नेपाली राष्ट्रि फुटबल टिमले आज जोर्डनको सामना गर्दैछ। कुवेतको जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा नेपालले कुवेतको सामना गर्न लागेको हो। त्यसो त नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल एसियन कपमा छनोट नुहुने बताइसकेका छन्। उनले नेपालले एसियन गेम्समा तयारी हुनेगरि नेपालको खेलस्तर नभएको पनि बताएका छन्। आज नेपाल र जोर्डनको खेल नेपाली समयअनुसार रातिको १ बजेबाट सुरु हुनेछ। यो पटक भने नेपाली फरवार्ड नवयुग श्रेष्ठले नेपाली टिमलाई लिड गरिरहेका छन्। 

नेपाली टिमका नियमित कप्तान किरण कुमार लिम्बू र उपकप्तान रोहित चन्दसहित ११ सिनियर खेलाडीलाई बाहिर राखेर अलमुताइरीले टिम बनाएका छन्। उनले अहिलेको नेपाली टिमले सन् २०२६ को विश्वाप छनोटका तयारी गरिरहेको पनि बताएका छन्। उनले आफूसँग ११ नयाँ खेलाडी रहेको बताउँदै उनीहरुले लामो समयसम्म खेल्ने जनाएका छन्। यसअघिका खेलहरुमा नेपालले जोर्डनसँग चारपटक प्रतिस्पर्धा गरेको छ। तर सबै खेलमा नतिजा नेपालको पक्षमा छैन। नेपालले तीन खेल गुमाएको छ भने एक खेलमा बराबरी गरेको सन् २०११ मा नेपालमै भएको खेलमा नेपालले जोर्डनलाई १-१ को बराबरीममा रोक्न सकेको थियो। विश्वकप छनोटअन्तर्गत नेपालले शनिबार कुवेतको र बुधबार इन्डोनेसियाको सामना गर्नेछ। 


TOP