Trending
अभिनेता विक्की कौशल उत्कृष्ट अभिनेता घोषित भएका छन् । ‘आईफा अवार्ड २०२२’ मा विक्कीले शुजित सरकारको फिल्म ‘सरदार उद्यम’ बाट यो उत्कृष्ट अवार्ड उचालेका हुन् । अवार्डमा उत्कृष्ट अभिनेत्री भने कृति सेनन घोषित भइन् । ‘सरदार उधम’बाट विकी कौशलले उत्कृष्ट अभिनेता र ‘मिमी’बाट कृति सेननले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेका हुन् । ‘शेरशाह’ले उत्कृष्ट फिल्मसहित चार अवार्ड जितेको छ भने विष्णु बर्धनले यो फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।
यसपटकको आइफामा सलमान खान, ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, विक्की कौशल, कृति सेनन, अनन्या पाण्डे, सारा अली खान, एआर रहमान, टाइगर श्राफ, नोरा फतेही, नरगिस फाखरी, पंकज त्रिपाठी लगायत सहभागी रहेको थियो ।