मध्य नेपाल

विश्वभरका दर्शकले प्रतिक्षा गरिरहेको चलचित्र ‘अवतार २’को ट्रेलर सार्वजनिक

जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतारः द वे अफ वाटर’को आधिकारिक टिजर ट्रेलर सार्वजनिक भएको छ। विश्वभरका दर्शकले अवतारको दोस्रो पार्टलाई प्रतिक्षा गरिरहेका छन्। यसअघि १३ वर्ष अगाडि अवतार चलचित्रको पहिलो पार्ट विश्व चर्चित बनेको थियो। 

हलिउडको यो बहुप्रतीक्षित चलचित्र आगामी पुस १ गते नेपालमा समेत प्रदर्शन हुने भएको छ। सन् २००९ मा रिलिज भएको ‘अवतार’ले २.८४ बिलियन डलर कमाउँदै विश्व फिल्म इतिहासमा सर्वाधिक कमाउने फिल्मको कीर्तिमान राखेको थियो।



TOP