मध्य नेपाल

ज्येष्ठ नागरिक कोभिडको टार्गेट बन्दै

नेपाल बिस्तारै पोस्ट भ्याक्सिनेशन-एरा तिर लम्कँदै छ । आजको मितिसम्म लक्षित जनसङ्ख्याको (१८ वा सो भन्दा माथि उमेरका) झन्डै ३२ प्रतिशतले दुई मात्रा पूर्ण खोप लगाई सकेको तथ्याङ्कले देखाउँछ । खोप अभियानले निरन्तरता पाउने हो भने अबको केही महिनामा नेपाल पोस्ट भ्याक्सिनेशन-एरामा प्रवेश गर्नेछ। तर नयाँ भाइरस, खोपहरू नयाँ नयाँ भएकाले नवीन जानकारी/अनुसन्धानहरूका नतिजाहरू आउने क्रम जारी रहँदै गर्दा पोस्ट भ्याक्सिनेशन-एरामा देखिन सक्ने चुनौतीको बारेमा भने अहिले केही भन्न सकिदैन् । 

तर पछिल्लो समय खोप अभियानले तीव्रता/निरन्तरता पाइरहँदा लेखकले चाखलाग्दो तर चिन्ताजनक अब्जरभेसन गरेको छ। त्यो भनेको पछिल्लो एक महिनाको तथ्याङ्क विश्लेषण गर्दा अस्पतालमा कोभिड-१९ को कारणले मृत्यु हुनेहरूमा ज्येष्ठ नागरिकहरूको अत्यधिक मृत्यु हुनु हो । अर्थात् कोभिडले हाल ज्येष्ठ नागरिकहरूलाई आफ्नो टार्गेट बनाउँदै गइरहेको देखिन्छ । दोस्रो लहरमा युवाहरू कोभिडको टार्गेटमा बढी परेका थिए,भने ज्येष्ठ नागरिक पहिलो लहरमा थिए । तर, फेरि ज्येष्ठ नागरिकहरू कोभिडको टार्गेटमा पर्दै जानुले पहिलो लहरतिर यु-टर्नको सङ्केत त होइन भन्ने देखिन्छ । 


TOP