मध्य नेपाल

नेपालमा महिला हिंसा अन्त्य कहिले हुने ?

नेपालमा बोक्सीको आरोपमा महिलालाई पतिकै संलग्नतामा पनि कुटपिट गरिन्छ । झापाकी २७ वर्षीय मुना राई (तामाङ) आफ्नै श्रीमानबाट मारिइन् त्यस्तै झापाकै कमल गाउपालिका ७ बाह्रघरेमा २३ वर्षीय छोराद्धारा बन्चरो प्रहारबाट आफ्नै आमा मीरा ऋषिदेवको हत्या भयो। प्रहरीको तथ्याङकलाई नै हेर्ने हो भने सरदर दैनिक ६ देखि ७ जना महिला तथा किशोरीहरु यौन हिंसामा परिराखेको भेटिन्छ। पछिल्लो अढाइ वर्षमा करिब ५ हजार ६ सय ३५ जना महिला तथा किशोरीहरु यौनजन्य हिंसामा परेका छन्। बलत्कार गरी हत्या गरिएका किशोरी तथा महिलाहरुको लिस्ट लामै छ। बलत्कार गरी हत्या गरिएका निर्मला पन्त, भागरथी भट्ट, सम्झना कामी, श्रेया सुनारहरुको मृत आत्माले अझै पनि न्याय पाएका छैनन् । एसिड छयापिएका मुस्कान खातुन, जेनी खडका, पवित्रा कार्कीहरुको जलनले यो राज्यलाई कहिलै फरक परेको छैन । शदीऔंदेखि शोषण र दमनमा   परेका नारीहरुमाथि हुने हिंसाका श्रृङखालाहरु राज्यबाट संरक्षित भैराखेका छन्। 

महिलामाथि हुने गरेका हिंसाका विरुद्धमा राज्यमा कुनै कठोरता देखिँदैन। राज्यका निकायमा ३३ प्रतिशत महिलाहरुको सहभागिताको कुरा गरिरहँदा राष्ट्रपति नै महिला छन भन्ने तर्क गरिन्छ। तर महिला राष्ट्रपति भएको मुलुकमा दिनदाहाडै बलत्कार गरी हत्या गरिएका निर्मला पन्तहरुको दोषी राज्यले समाउन सक्दैन। आफ्नाहरुबाट नै असुरक्षित महसुस गरिरहेका महिलाहरुको पीडा राज्यलाई थाहा नै हुँदैन।महिला हिंसामा मुछिएकाहरुलाई उम्कीने मौका राज्यकै क्रियाकलापबाट धेरै भएका छन्। तर राज्यलाई पत्तो नै हुदैन। श्रृष्टीको जननीको रुपमा महिलालाई लिइन्छ भन्ने पितृसत्तात्मक चेतले महिलाहरुको आत्मसम्मान निमोठिरहेको पत्तो पाउन नै मुस्कील भएको छ आज जसले गर्दा हिंसाका श्रृङखलाहरु निरन्तर हुन पुगेका छन्।


TOP