मध्य नेपाल

चाडपर्वमा हवाई यात्रा गर्दै हुनुहुन्छ ?

दशैं तिहारको सिजन सुरु भए सँगै  घर जानका लागि सवारी साधन खोज्नुपर्ने चपेटाले धेरैलाई सताउन थालिसकेको छ । हवाई यात्राको लागि होस् या त सडक यात्राको लागि नै किन नहोस्, दशैं तिहारमा अग्रिम टिकट बुकिङको काम हरेक वर्ष चलिरहने कुरा हो ।जुनसुकै सवारीमा पनि सामान्यतया सिट सुरक्षित होस् र अनावश्यक भाडाको शिकार नभइयोस् भन्ने उद्देश्यले अग्रिम टिकट काट्ने गरिन्छ । हवाई यात्रा गर्नेहरुको हकमा त सिट क्षमताभन्दा धेरै यात्रु बोक्न सम्भव नै नभएकोले शुल्कको लागिभन्दा पनि सिट सुरक्षित गर्नकै लागि धेरैले अग्रिम टिकट बुकिङ गर्ने गर्छन् ।

गाडीमा यात्रा गर्दा दोहोरो टिकट काटेर यात्रु ठग्ने गरेका धेरै समाचारहरु बन्छन् तर हवाई टिकटमा समेत ठगी हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ  कतिपयले हवाई टिकटमा समेत ठगी गरेको हुन सक्छन् । त्यसैले यसमा पनि सचेत हुनुपर्छ । हवाई कुन उमेरका बालबच्चालाई छुट हुन्छ भन्ने बिषयमा हवाई टिकट काट्दा सामान्यतया २ वर्षसम्मका बच्चालाई शुल्क लाग्दैन । एउटा यात्रामा सीमित शुल्क करको लागि तिरे पनि त्यसभन्दा बाहेक अरु शुल्क लाग्दैन । हवाई टिकटमा ज्येष्ठ नागरिकलाई छुट हुन्छ कि हुन्न भन्ने अर्काे बिषयमा सरकारी नियम अनुसार ज्येष्ठ नागरिक एवं अशक्तहरुको लागि छुटको व्यवस्था गरिएको छ । नेपाल वायुसेवा निगममा यस्तो सुविधा कार्यान्वयनमा पनि छ तर निजी वायुसेवा कम्पनीहरुले भने यसलाई त्यस्तो कार्यान्वयनमा ल्याउन सकेका छैनन् ।

कतिपयको सोख हुन्छ, आफ्नो यात्रामा आफूले घरमा पालेको कुकुर, बिरालो आदि आफूसँगै लैजान पाइयोस् । तर यो हवाई यात्राको क्रममा त्यति सहज भने छैन । अहिले झनै कोरोना महामारीको समयमा कुकुर, बिरालो जस्ता पशु चौपाया लैजान झनै कडाइ गरिएको छ । अर्काे कुरा विमान यात्राको क्रममा मदिरा पियर  विमानमा यात्रा गर्न दिइँदैन । नेपालको आन्तरिक उडानमा त विमानभित्र पनि यो प्रतिबन्ध छ । यसरी यी र यस्तायस्तै जानकारीहरु लिएर विमान यात्रामा जाँदा धेरै हदसम्म सहज हुने गर्छ ।      


TOP