Trending
अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा आगामी महीनाबाट लकडाउन खुकुलो हुने भएको छ । अष्ट्रेलियाको न्यु साउथ वेल्सले लकडाउन खोल्ने कार्ययोजना सार्वजनिक गरेको हो ।न्यु साउथ वेल्सले राज्यका ७० प्रतिशत मानिसले कोरोनाको पूरा डोज खोप पाएको अवस्थामा लकडाउन खुकुलो हुने बताएको छ । अहिले न्यु साउथ वेल्सका करिब ४३ प्रतिशत मानिसले कोरोनाको पूरा डोज लगाइसकेका छन् भने ७५ प्रतिशतले कम्तीमा एक डोज खोप लगाएका छन् । यस्तोमा अर्को महीनासम्ममा पूरा डोज खोप लगाउनेको संख्या ७० प्रतिशत नाघ्न सक्ने देखिएकोले लकडाउन खोल्ने बताएको छ ।
यसअगडी कहिलेदेखि लकडाउन खुकुलो हुन्छ भन्ने जानकारी भने आयको थिएन । लकडाउन खुलेपछि सतर्क रहन एनएसडब्ल्यूकी प्रिमियर बेरेजिक्लियनले बताएकी छिन् । बिहीबार मात्र न्यु साउथ वेल्समा १४ सय नयाँ संक्रमित थपिएका छन् ।