गत वर्ष कोरोनाको त्रासले हरितालिका तीज पर्वमा पनि नेपाली दिदीबहिनीहरुको घरभित्रै बस्न बाध्य बनेका छन् तर, युरोपमा यतिबेला कोरोनाको प्रकोप पूर्ण रुपमा नियन्त्रण नभए पनि खोप लगाइसकेका मानिसहरु भने जमघट गर्न सुरु गरेका छन् । गत वर्षको तीजमा स्विट्जरल्याण्डमा नेपाली दिदिबहिनीहरू लकडाउनमा नै थुनिएका थिय तर, यसपटक धितमर्ने गरी नाचगान र रमाइलोको साथ हरितालिका तीजको स्वागत गरेका छन्।
स्विट्जरल्याण्डको स्टाउफेनमा आइतबार दिदीबहिनीहरू रातो पहिरनमा सजिएर गीत संगीतमा रमाउँदै तीज मनाएका छन् । गैरआवासीय नेपाली संघ महिला फोरम स्विट्जरल्याण्डले यसपटक पनि उक्त कार्यक्रम गरेको हो । कार्यक्रम सम्पन्न गर्नका लागि एनआरएनए स्विट्जरल्याण्डले साथ दिएको थियो । कोरोनाको कहर यता झण्डै सय जनाको उपस्थितिमा स्विट्जरल्याण्डमा कार्यक्रम भएको यो पहिलो पटक समेत रहेको छ ।एनआरएनको स्विट्जरल्याण्डले यसै वर्ष इतिहासमा नै पहिलो पटक महिला नेतृत्व समेत पाएको थियो ।