मध्य नेपाल

कोरोनाले बिदेशीने विध्यार्थी घटेपछी शिक्षा क्षेत्र सुधार गर्न सकिने

नेपालमा राजनीतिक स्वार्थका लागि सबैभन्दा धेरै प्रयोग भएको क्षेत्र हो— शिक्षा । सबै पार्टी र नेताले आ–आफ्नो सुविधाअनुसार शिक्षा क्षेत्रलाई स्वार्थका लागि प्रयोग गरिरहेका छन् ।  राजनीतिक भागबन्डा नमिलेका कारण कोरोना महामारीजस्तो गम्भीर परिस्थितिमा पनि विश्वविद्यालय लामो समयसम्म नेतृत्वविहीन हुनुपरेको छ ।  शिक्षाजस्तो संवेदनशील तथा महत्त्वपूर्ण क्षेत्रमा, जहाँ लाखौं युवासँगै देशकै भविष्य जोडिएको छ, शासक वर्गको एकरती संवेदनशीलता देखिएको छैन। रोजगारी र अर्थतन्त्रमा शिक्षा क्षेत्रको ठूलो योगदान छ ।

मुलुकको आर्थिक उत्पादनमा शिक्षा क्षेत्रको ८ प्रतिशतसहित चौथो र रोजगारीमा ८ प्रतिशतसहितै पाँचौं योगदान रहेको छ । २०७५–७६ मा करिब ६४ हजार विद्यार्थीले शिक्षा मन्त्रालयबाट विदेश पढ्न प्रमाणपत्र  लिएका थिए भने, देशले सोही वर्ष बिदेसिएका यी विद्यार्थीका लागि ४६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा खर्चेको थियो । तर कोरोना प्रकोपसँगै विदेशीने    विद्यार्थीको संख्या घटेकाले देशभित्रै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या बढने  सम्भावना रहेको देखिन्छ। मुलुकको शिक्षा क्षेत्रमा संरचनात्मक सुधार गरी शिक्षाको गुणस्तर उल्लेख्य अभिवृद्धि गर्नलाई यो उत्तम अवसर मान्न सकिन्छ ।      


TOP