स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरियाले सोमबार काठमाडौं उत्रिएसँगै सामाजिक संजालमा यसरी आफ्ना भावानाहरु पोखेका छन्।उनी भन्छन ‘आज हामी काठमाडौं आइपुगेका छौं करिब चार महिनाभन्दा बढी समय पछि हो। सामान्य जीवनको सबैभन्दा नजिकको चीजलाई पुनः प्राप्त गर्नको लागि यहाँका सडकमा उत्रिएको छौ । यो पुनःप्राप्तिको प्रत्यक्ष साक्षी हुनको लागि काठमाडौंमा अवतरण सबैभन्दा ठूलो सन्तुष्टि भएको छ।’
सबैभन्दा बढी उमेरमा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने कार्लोसको सपना रहेको छ । उक्त कीर्तिमान राख्न अब उनले धवलागिरि र तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ ।सन् २०२० मा नेपाल भ्रमण वर्षको अवसर पारेर धवलागिरि पुग्ने उनको योजना थियो। कोरोना भाइरस महामारी उनका लागि बाधक बन्यो । सन् २०२१ को अप्रिलमा उनले फेरि आँट गर्दै धवलागिरि पुगे। तर उनको यात्रा क्याम्प वानसम्म मात्र रह्यो। नेपालमा कोरोनाको दोस्रो लहरले त्रासदी बढ्यो। फलस्वरूप स्पेन सरकारले कार्लोसलगायत हिमालमा फसेका पर्वतारोहीहरुलाई चार्टर विमानमार्फत स्वदेश फरर्काएको थियो।
उनलाई धवलागिरि हिमाल नौलो होइन । सन् १९९८ मा उनको पहिलो प्रयास गरेका थिय । कार्लोसले दुई दशकयता ११औं पटक चुचुरो चुम्न कोशिस गरे । तर, सफल बनेका छैनन्। उनी ८ हजार ५० मिटर उचाइसम्म पुगेका थिए तर ११७ मिटर माथि पुग्न नसक्दा धवलागिरिको चुचुरो टेक्ने सपना अझै अधुरै रहेको छ । धवलागिरिको आहारोणपछि तिब्बतको सीसापाङ्मा हिमाल चढ्ने उनको योजनामा रहेको छ । यी दुवै हिमाल आरोहण गरेमा उनको सपना पूरा हुनेछ । उनी विश्वमा ८,००० मिटरभन्दा अग्ला सबै १४ शिखरमा पुग्ने उनी सबैभन्दा बढी उमेरका व्यक्ति बन्नेछन् ।