मध्य नेपाल

अन्तरजातीय प्रेम

अन्तरजातीय प्रेमले मानिसमानिसबीच केही फरक छैन भन्ने सन्देश दिइरहेको हुन्छ । तर परिवारको इज्जतलाई प्रमुख ठान्ने प्रवृत्तिले यस्ता प्रयास असफल भइरहेका छन् ।दलित र गैरदलितबीचको प्रेम सम्बन्धलाई सामाजिक प्रतिष्ठासँग जोडेर हाम्रो समाजमा यस्ता जोडीहरूप्रति अमानवीय व्यवहार हुँदै आएको छ । अन्तरजातीय प्रेम विवाह गरी समाजलाई जितेर बसेका युवायुवती विरलै भेटिन्छन् ।


जात व्यवस्थामा आधारित समाजले अन्तरजातीय प्रेम विवाहलाई सहजै स्विकार्न नसकेका कारण धेरै जोडीको जीवन कठिन बनिरहेको छ, कतिले त मृत्युको बाटो रोज्न बाध्य हुनुपरेको छ ।अन्तरजातीय प्रेमकै कारण रुकुमको नवराज विकसहितलाई भेरी नदीमा बगाइएको घटना आलै छ । अन्तरजातीय प्रेम गरेकै कारण काभ्रेका अजित मिजारको जीवन समाप्त भयो ।समाजले अन्तरजातीय प्रेमलाई सहजै स्विकार्ने दिनको प्रतीक्षामा छ नयाँ पुस्ता । समानताका लागि दलित र गैरदलितबीचको प्रेम विवाहलाई सामाजिक रूपमा बुझ्नु जरुरी छ । अन्तरजातीय प्रेमलाई व्यक्तिको मनोविज्ञानभन्दा पनि सामाजिक प्रतिष्ठाको विषय बनाउने परिपाटी रहिरहेकाले यसले जीवन्तता पाउन सकेको छैन ।


TOP