मध्य नेपाल

बुबाको मृत्युपछि राजनितीले तान्याे स्वस्तिकालाई

दैलेख दुल्लू नगरपालिका –३ की १९ वर्षीया स्वस्तिका महत यतिवेला सामाजिक सञ्जाल र विभिन्न मिडियामा चर्चामा छिन् । नेपाली काँग्रेसको १४ औं अधिवेशनबाट सर्वसहमतिमा वडा सभापति पदमा निर्वाचित भएपछि महतको चर्चा चुलिएको हो ।स्वस्तिका १० जना प्रतिस्पर्धीलाई सहमतिमा ल्याएर सभापति बनेकी हुन् । उनीसँग सभापतिका लागि प्रतिस्पर्धा गरेका अधिकाँश व्याक्ति ४० बर्षका माथिका र कोही बृद्ध समेत थिए। स्वास्थ्यकर्मी बनेर जनताको सेवा गर्ने भनेर स्वास्थ्यकर्मी बन्ने सपना बोकेकी स्वस्तिकालाई बुबाको मृत्यु पछी  राजनितीमा लागेको बताउछिन् । साथै उनी थप्छिन "बुुवाको राजनिति गरेर समाज सेवा गर्ने उद्देश्य थियो । म स्वास्थ्यकर्मी बन्ने योजनामा थिएँ तर म पढदै गर्दा बुबाको मृत्यु भयो बुबालाई जनताले दिएको कामको जिम्मा अधुरै रह्यो त्यही काम पुरा गर्न स्वास्थ्यकर्मीको बाटो छोडेर राजनितितिर लागेको हो "।

स्वस्तिकाले पछिल्लो दुई वर्ष राजनीतिकलाई नजिकबाट बुझ्न पायकी छिन । ‘सबैको मूल नीति राजनीति हो भन्ने बुझ्न पाएँ भन्ने उनी बताउछिन् । राजनीतिमार्फत समाज रुपान्तरण गर्नका लागि समाज र देशको सेवा गर्ने उनको निर्णय रहेको छ । अब यही कामबाट विपन्न महिला दलित बालबालिका र दिनदुःखीहरुका घाउमा मलम लगाउने योजना समेत बोकेकी छिन् । स्वस्तिका वडा सभापतिमा निर्वाचित हुन पाउदा खुशी सँगै जिम्मेवारी थपिएको महसुस गरेको बताउछिन् । जस्त्तो सुकै परे पनि आनो काम मेहेनत र इमान्दार पूर्वक गर्ने दावी गरेकी छिन् ।  

 

  


TOP