मध्य नेपाल

अष्ट्रेलियाको तास्मानियामा भव्य तीज

कोभिड १९ का कारण अष्ट्रेलियाको न्यू साउथ वेल्सलगायत प्रायः सबै राज्यहरूमा कडा प्रतिबन्ध छ । अत्यावश्यक कामबाहेक त्यहाँका बासिन्दालाई घरबाहिर निस्कनसमेत बन्देज छ ।यही प्रतिबन्धका कारण तीज पर्व सुरु हुनुभन्दा एक दुई साताअघिदेखि दरखाने, नाचगान तथा रमाइलो गर्ने नेपाली महिलाहरूले यो वर्ष त्यस खालको अनुभव गर्न पाएका  छैनन। तर अष्ट्रेलियाकै एकान्त टापु तास्मानियामा भने नेपालीहरूले हिन्दु महिलाहरूको महान चाड हरितालिका तीज दर खाने, नाचगान गर्ने लगायतका कार्यक्रमहरू आयोजना गरेर धुमधामसँग मनाएका छन् ।

अष्ट्रेलियाका अन्य राज्यमा कोरोना संक्रमणले नयाँ-नयाँ रेकर्ड कायम गरे पनि तास्मानियामा भने गतवर्ष बाट हालसम्म कुनै संक्रमण देखिएको छैन ।  तर पनी उक्त कार्यक्रमहरूमा स्थानीय सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालना गरिएको थियो ।तास्मानिया राज्यका सहरहरू होबार्ट, डेभनपोर्ट र बर्नीलगायतका शहरहरूमा स्थानीय समुदाय र गैरआवासीय नेपाली संघ अस्टेलिया मिलेर तीज कार्यक्रमको आयोजना गरिएको थियो ।


TOP