आलोक श्री नेपाली साङ्गीतिक क्षेत्रका एक प्रसिद्ध सङ्गीतकार हुन् । राष्ट्रिय, आधुनिक होस् वा फिल्ममा उनका सबै गीत हिट छन् । त्यसैले पनि सङ्गीतिक क्षेत्रमा आलोकले छोए भने गीत हिट हुने मान्यता समेत रहेको छ ।करिब १३ सयभन्दा बढी गीत रेकर्ड गराएका उनको २०५४ सालमा रेकर्ड भएको राष्ट्रिय गीत ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ अहिले पनि बूढादेखि बालकसम्मले गुनगुनाउने गीतमा पर्छ । जीवनका ३३ वसन्त सङ्गीतमा बिताएका सङ्गीतकार आलोक श्री रेडियो नेपालबाट रिजेक्ट समेत भएका थिय ।
उनी घरमा खाना पकाउने देखी लिएर योगा गर्ने पुस्तकहरु अध्ययन गर्ने गर्छन् । उनलाई सानैदेखि सङ्गीतप्रति रुचि थियो । स्कुल पढ्दा कविता, वादविवाद, गीत गायन लगायतका कार्यक्रममा भाग लिन्ने गर्थे साथै लोकगीतहरू खोज गरेर समेत गाउँथे ।
विसं २०४६ देखि उनी पूर्ण रूपमा नेपाली सङ्गीतमा लागेका थिए । यही वर्ष उनको पहिलो गीत रेकर्ड भएको थियो ।उनीले नेपालका ७० प्रतिशत कलाकारसँग काम गरिसकेका छन् । आधुनिक लगायता सबै प्रकारका गरेर करिब १३ सयभन्दा बढी गीत रेकर्ड समेत गरेसकेका छन् ।