मध्य नेपाल

विश्व प्रसिद्ध ट्याटुग्राफर करण जस्को फलामको दाँत, ट्याटुले खाली छैन शरीरको कुनै भाग

ट्याटु एक फेसन हो। सेलिब्रेटीहरुदेखि सामान्य मानिसहरुसम्म शरीरको केही भागमा ट्याटु खोप्न मन पराउँछन् । तर दिल्लीका एक व्यक्तिले आफ्नो आँखा, टाउको, खुट्टादेखि शरीरको हरेक भागमा ट्याटु खोपेका छन्। यही ट्याटुका लागि यी ट्याटुग्राफर हिजोआज चर्चामा छन् ।दिल्लीका ती ट्याटुग्राफरको नाम करण सिन्धु  हो । करण एक खेलाडी पनि हुन्। उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा पनि रेकर्ड छ ।


जब उनी १३ वर्षका थिए । उनमा ट्याटुको भूत चडेको थियो ।  अहिले १५ वर्षदेखि उनी आफ्नो त्यही प्यासनमा बाँचिरहेका छन् ।ट्याटुग्राफर करणले आफ्नो आँखामा ट्याटु खोपे। करणले आँखाको सेतो भागमा ट्याटु बनाएका छन्।ट्याटु हानेपछी आँखा पूरै सुन्निएको थियो र उपचारको क्रममा म ३ महिनासम्म अँध्यारो कोठामा बसेको थिएँ । २४ घण्टा आँखाबाट पानी बग्यो। करण भारतमा आँखामा ट्याटु हान्ने पहिला व्यक्ति हुन् ।आँखामा ट्याटु राख्ने बाहेक करण आफ्नो प्राकृतिक दाँत हटाएर फलामको राखिएको दाँतका कारण पनि चर्चित छन् । अहिले करणको शारीरिक परिवर्तनबारे एउटा वृत्तचित्र बनिरहेको छ। करण आजकल निर्देशक तुषार त्यागीसँग सुटिङमा व्यस्त छन् ।



 


TOP