ताप्लेजुङ - ताप्लेजुङको दोभानका आगलागी पीडितलाई राहत रकम वितरण गरिएको छ ।
ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाज र पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको पहलमा काठमाडौंमा संकलन भएको २१ लाख चार हजार रकम पूर्वमन्त्री भट्टराईले सोमवार मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेश चोङवाङलाई हस्तान्तरण गरेका हुन् ।
उक्त राहत संकलन गर्न काठमाडौंमा योगेश भट्टराईको संयोजकत्वमा एक समिति बनाईएको थियो । त्यस्तै सरोकार केन्द्रको तर्फबाट समन्वय गर्नका लागि शिवकुमार गुरूङ संयोजक रहेका ‘दोभान बजार अग्नि पिडीत राहत सहयोग समन्वय समिति, ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौं’ गठन गरिएको थियो ।
अग्नि पीडीत राहत सहयोग अभियानमा दोभान एकता समाज काठमाडौं, ओलाङचुङ समाज कल्याण परिवार, ताप्लेजुङ गुरुङ समाज काठमाडौं, अमर सेनेहाङ, अमेरिका, मिस मंगोल सिभिरा लामा ,दावा सेर्पा र राजु सांबा ईजरायल लगायतको सक्रियता र सहभागीता रहेको सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताए ।