Trending
मुगु । हिमाली जिल्ला मुगुका कृषकहरुले टिमुर र कागतीका विरुवा डिभिजन वन कार्यालय मुगुबाट शतप्रतिशत अनुदानमा पाएका छन् । यसरी सित्तैमा विरुवा पाउँदा किसान दंग परेका छन् ।
कर्णाली प्रदेशका अन्य जिल्लाहरुभन्दा भिन्न हावापानी भएको मुगुमा बहुमूल्य जडिबुटी हिमाली यार्सागुम्बादेखि तराई पाइने आँप, मेवासम्म पाइन्छन् । यहाँ टिमुर र कागतीको राम्रो उत्पादन हुने सम्भावना रहेकोले पहिलोपटक डिभिजन वन कार्यालय मुगुबाट यहाँका कृषकहरुलाई प्रोत्साहनस्वरुप टिमुरका ५ हजार बिरुवा र कागतीका १५ सय बिरुवा अनुदानमा वितरण गरिएको हो ।
मुगुका ह्रयाङ्गलु, रिगा, रातोपानी, आम, बिराबगर, छाईल, लुम्स, घाट, छत्यालबाड, भामबाड, नार्थपुलगायत बस्तीका कृषकहरुलाई उक्त विरुवा वितरण गरिएको हो ।