Trending
विराटनगर । अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ ।
कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार शुक्रबार बिहान १ लाख १९ हजार ७०० क्युसेक पानीको बहाव मापन गरिएको छ । कोसीका २२ वटा ढोका खोलिएको छ । कोसी ब्यारेजमा ५६ वटा ढोका छन् ।
प्रदेश नम्बर–१ को पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकोले कोसीका सहायक नदीमा समेत पानीको बहाव बढेको छ । सप्तकोसी नदीको बहाव बढ्दो क्रममा रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
प्रदेश–१ का पहाडी र तराईका जिल्लामा समेत वर्षा भइरहेको छ ।